Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

महाभारत र खानीखोलाका ३३ सय घर चाडै विद्युत् पहुँचमा


जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको ३ हजार ३ सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पु¥याउन धामाधम काम भइरहेको छ ।

दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले १ अर्ब ५६ करोड रुपैयाँ रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो ।
तत्कालीन अवस्थामा जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितलाई सम्मानार्थ महाभारतको बनखुमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई दुई गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेका थिए । सोही मागका आधारमा सरकारद्वारा विद्युतीकरणको रकम विनियोजन गरिएको थियो ।

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप ३० करोड रुपैयाँ माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पु¥याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

उनकानुसार महाभारत गाउँपालिकाको वडा नं ३ फोक्सिङटार, ४ र ५ स्थित बुढाखानीका सबै घरमा बिजुलीबत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ ।

गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको जिम्बाले बताए ।

उनका अनुसार हाल तीनवटा वडाका लागि एक हजार तीन सय घरधुरीका लागि मिटर पु¥याइएको छ भने हाल घर–घरमा वायरिङको कार्य भइरहेको छ । हाल शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ ।

महाभारत गाउँपालिकामा तीन हजार तीन सय घरधुरी छन । सबै घरमा बिजुली, खानेपानी पु¥याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख जिम्बाले बताए । यस प्रसारण लाइनबाट खानीखोलाको दुईवटा वडाका बासिन्दा लाभान्वित हुने जनाइएको छ ।

महाभारत गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बाका अनुसार यही वर्षभित्र सबै घरमा बिजुली बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिइएको छ ।

केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन । यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो ।


Read Previous

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

Read Next

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *