Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे

स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न विज्ञहरूकाे जोड


काठमाडौं । नेपालीहरुको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहान गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

नेपालले वार्षिक २ खर्ब भन्दा बढीको इन्धन आयात गर्दै आएको छ । मङ्गलबार नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आयोजना गरेको ‘स्वच्छ खाना पकाउने उर्जा’ विषयक अन्तिक्रिया कार्यक्रममा सहभागीले स्वच्छ खाना पकाउने ऊर्जा प्रयोग बढाउन आवश्यक रहेको बताएका हुन् ।

ढिलो छिटो विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने बताउँदै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले भने, ‘सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जाने सरकारको लक्ष्य छ ।’

सरकारी तथ्याङ्क अनुसार सन् २००९मा परम्परागत शैलीमा खाना पकाउने नेपालीहरु ८७.१ प्रतिशत रहेकोमा यो वर्षसम्ममा सो दर घटेर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठा लगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपालीहरु ६५ प्रतिशत हाराहारी छन् ।

सन् २००९मा वैकल्पिक उर्जाको प्रयोग शून्य दशमलव ७ प्रतिशत रहेकोमा सो दर बढेर हाल ३ प्रतिशत पुगेको केन्द्रका नायव कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।

विद्युतीय चुलो, राइसकुकर लगायतका उपकरण चलाउन अभ्यस्त नहुँदा धेरै नेपाली यस्तो अभ्याससँग घुलमिल हुन नसकेका उनको ठहर छ । ग्यास भन्दा विद्युतीय चुलोमा प्रयोग निकै सस्तो हुने विज्ञहरुको तर्क छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनताका लागि उर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत बिराज गौतमले परम्परागत उर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यममको भूमिका महत्वपूर्ण हुने बताए । विद्युत आपूर्ति सुनिश्चित हुँदा धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा छ ।

आधुनिक चुलोको प्रयोगले समयको वचत र मानव स्वास्थ्य सुधार हुने उर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडावर्तन फोहोर ज्यादै न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाहरुबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताइन् ।

खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाईलाई परिवर्तन गर्न सके विद्युतीय चुलोको प्रयोग कर्ता धेरै बढाउन सकिने उनको ठहर छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उर्जा पत्रकार भीम गौतमले विद्युतीय पूर्वाधार विस्तारमा जोड दिए ।

उनले भने, ‘ऊर्जा मन्त्रालयले सन् २०२८ भित्र सतप्रतिशत घरधुरीमा विद्युतीय चुलो उपयोग गर्न लक्ष्य लिएको छ, तर त्यसका लागि विद्युतीय पूर्वाधारमा जोड दिनुपर्छ ।’ सरकारको प्राथमिकता र बजेट अभावमा विद्युतीय पूर्वाधार चर्चाअनुसार सफल नबनेको, साझा प्रतिवद्धता र कार्ययोजनाको अभाव रहेको उनले बताए ।

दिगो विकास लक्ष्य र नेपालले लिएको शुन्य कार्बन उत्सर्जन लक्ष्यमा पुग्न विद्युतीय चुलो जस्ता साधनको प्रयोग बढाउन सरकारले प्रोत्साहन मुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रविनमान सिंह, नेवापसकी अध्यक्ष रोशनी अधिकारी लगायतको भनाइ थियो ।

इतिहासमै सबैभन्दा महँगो ग्यास, तर इन्धन खपत बढ्दै जानु त्यस्तै स्वच्छ खाना पकाउने ऊर्जा  प्रवर्द्धनका लागि बिजुलीको गुणस्तरीय र पूर्वाधारको समस्या नै मुख्य चुनौती रहेका छ ।

सरकारको सन् २०४५ भित्र कार्बन उत्सर्जन शुन्यमा पुयाउने, सन् २०२५ भित्र ५ लाख र सन् २०३० सम्ममा २५ प्रतिशत धरघुरीले विधुतीय खाना पाकाउन अपनाउने लगायताका विभिन्न लक्ष्य छन् ।


Read Previous

धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ: सहरी मन्त्री चौधरी

Read Next

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने

Leave a Reply

Your email address will not be published.