Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ: सहरी मन्त्री चौधरी


काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको मंगलबार निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने बताएका छन् ।

शहरी विकास मन्त्रालय अन्तर्गत संचालित विभिन्न आयोजनाहरुका निरिक्षण गर्ने क्रममा गोकर्णेश्वर पुगेका मन्त्री चौधरीले भने, ‘यस ड्यामको निर्माणले वागमती सफाई गर्ने, वागमतीलाई सुन्दर बनाउने अभियानमा त सहयोग गर्ने नै छ । त्यसका साथै यहाँको पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने देखेँ ।’

एडिबी र नेपाल सरकारको संयुक्त लगानीमा ४१ करोड रुपैयाँमा निर्माण भएको उक्त ड्यामको उदेश्य बागमतीमा पानी पठाएर पानीको बहाब नियमित गर्ने रहेको इन्जिनियर रामबाबु शाहले बताए ।

विशेषगरि सुख्खा याममा बागमती नदीमा पानीको बहाब घट्न गइ दुर्गन्ध फैलनबाट बचाउने र चाडपर्वहरुका बेला समेत नदीमा पानी पठाउने लक्ष्य राखिएको इन्जिनियर शाहको भनाइ थियो ।

सन् २०१७ मा सुरु भएको उक्त ड्यामको अब भने टेस्टिङ र कमिसनिङको काम मात्र बाँकी रहेको बताइएको छ ।


Read Previous

पाेखराकाे डेभिज फल्स अवलोकन गर्ने पर्यटक दैनिक ३५ सयसम्म

Read Next

स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न विज्ञहरूकाे जोड

Leave a Reply

Your email address will not be published.