Nepal Purbadhar

४ महिनामा ४० कम्पनी कालोसूचीमा, अदालतको आदेशमार्फत ६ कम्पनीलाई उन्मुक्ति


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ४ महिना (साउनदेखि कात्तिक) को अवधिमा ४० सार्वजनिक निर्माण, सामान खरिद र परामर्श सेवा कम्पनी/जेभी कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेकामध्ये सामान खरिदसम्बन्धी ५ वटा कम्पनी रहेका छन् । त्यस्तै, परामर्श सेवा दिने एउटा कम्पनी यो अवधिमा कालोसूचीमा परेको छ । बाँकी रहेका ३४ कम्पनी भने सार्वजनिक निर्माण कम्पनी रहेका छन् । यो कालोसूचीमा परेका कुल कम्पनीमध्ये ८५ प्रतिशत हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता उमेश ढुंगानाले विकास निर्माणका काममा भएको वृद्धिसँगै निर्माण कम्पनीको संख्यामा पनि वृद्धि भएको र त्यसले कालोसूचीमा सूचीकृत हुने कम्पनीको संख्यामा पनि बढ्दै गएको बताए । ‘अघिल्ला केही वर्षदेखिएको तुलना गर्दा कालोसूचीमा पर्ने कम्पनीको संख्या वृद्धि हुदै गएको छ’ उनले भने ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको कालो सूचीमा रहेका कम्पनीमध्ये सार्वजनिक निर्माणमा संलग्न ६ कम्पनी भने अदालतको अन्तरिम आदेशमार्फत कालोसूचीबाट हटाइएको छ ।

यस्ता कम्पनीको हकमा अन्तिम आदेश नहुन्जेलसम्मलाई काम गर्न पाउँछन् । अन्यथा कालोसूचीमा सूचीकृत भएपछि तोकिएको समयावधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद काम कारवाहीमा सहभागी हुन नपाउने कानूनी व्यवस्था छ । सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ ले प्रकृति हेरी अधिकतम ३ वर्षसम्म कालोसूचीमा राख्न सक्ने व्यवस्था छ ।

अदालतको अन्तरिम आदेशमार्फत कालोसूचीबाट उन्मुक्ति पाएका कम्पनीले तत्काल काम गर्न पाए पनि अन्तिम फैसलामा अन्तरिम आदेश खारेज भएमा तोकिएको म्याद थप गरि कालोसूचीमा राख्ने व्यवस्था छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पछिल्लो समय अदालतमार्फत अन्तरिम आदेश प्राप्त गरी कालोसूचीबाट हट्ने प्रचलन बढ्दै गएको छ । चालु र गत आबको ४ महिनाको तुलनात्मक तथ्यांकले पनि यो भनाइलाई स्पष्ट गर्छ । अदालतबाट अन्तरिम आदेश जारी भएका कम्पनी चालु आवको ४ महिनामा ६ वटा छन भने अघिल्लो वर्ष २ वटा मात्र थिए ।

अघिल्लो वर्षको तुलनामा थोरै घटे 

आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा ४२ वटा कम्पनी कालो सूचीमा परेका थिए । त्यसको तुलनामा यो वर्षको उही अवधिमा ४० ओटा कम्पनी कालोसूचीमा परेका छन् । यसअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष कालोसूचीमा पर्ने कम्पनीकोको संख्यामा थोरैले कमी आएको सार्वजनिक खरिद अनुगमन कार्यालयले उपलब्ध गराएको तथ्यांकले देखाउँछ ।

सार्वजानिक खरिद अनुगमन कार्यलयका सूचना अधिकृत टिकाराज पोखरेलले कालो सूचीमा पर्ने कम्पनीहरुको संख्या बढ्ने जाने बताए । बेलैमा काम नगर्ने र काम गर्न नखोज्ने यस्ता कम्पनीहरु कालो सूचीमा राखिएको र त्यस्ता कम्पनीहरुको रकम भूक्तानी नगरिने पोखरेलले जानकारी दिए ।

कालोसूचीमा रहेका कम्पनी, अवधि र कामको प्रकार

कम्पनीको नामकालो सूचीको अवधि        प्रकार
श्री अमन एण्ड इसा कन्स्ट्रक्सन प्रा.ली२०७९ साउन ९ देखि २०८० माघ १० सम्मसार्वजानिक निर्माण
श्री सानोभेरी निर्माण सेवा, मुसिकोट–०५, रुकुम२०७९ भदौ २७ देखि २०८० भदौ २५सम्मसामान
श्री रोज कन्स्ट्रक्सन, तार्केश्वर–१, काठमाण्डौ२०७९ भदौ २७ देखि २०८० भदौ २५सम्मसार्वजानिक निर्माण
श्री रन्नु भन्नु कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जनकपुरधाम उप.न.पा.१०२०७९ भदौ २७ देखि २०८० भदौ २५सम्मसार्वजानिक निर्माण
श्री पृथ्वी कन्स्ट्रक्सन, वर्दगोरीया गा.पा.वडा नं.४, कैलाली२०७९ भदौ २७ देखि २०८० भदौ २५सम्मसार्वजानिक निर्माण
श्री प्यासेफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि विरगञ्ज–३, पर्सा२०७९ भदौ २७ देखि २०८० मंसिर २५सम्मसार्वजानिक निर्माण
श्री माँ हर्कादेवी बिल्डर्स प्रा.लि, का.म.न.पा. वडा नं. १०, नयाँबानेश्वर२०७९ भदौ २७ देखि २०८० भदौ २५ सम्मसार्वजानिक निर्माण
एम एस किशन–रातकाली–पावर क्वालिटी जेभी२०७९ भदौ २७ देखि २०८० भदौ २५ सम्मसार्वजानिक निर्माण
श्री धर्यता निर्माण कम्पनी प्रा.लि, रामारोसन–३, आछाम२०७९ भदौ २७ देखि २०८० भदौ २५ सम्मसार्वजानिक निर्माण
श्री देबेन्द्र तेल उद्योग, विरगञ्ज उपमहानगरपालिका वडा नं.१०, पर्सा२०७९ भदौ २७ देखि २०८० भदौ २५ सम्मसामान
श्री तुम्येहाङ निर्माण सेवा, फिदिम न.पा वडा नं. १, पाँचथर२०७९ भदौ ८ देखि २०८० भदौ ६ सम्मसार्वजानिक निर्माण
श्री सर्जिमेड डिस्ट्रिब्यूटर्स, धरान १, पृथ्वी मार्ग, सुनसरी२०७९ भदौ ८ देखि २०८० भदौ ६ सम्मसामान
श्री एस्पियल ग्रूप अफ इन्जिनियर्स, विराटनगर–३, मोरङ२०७९ भदौ ८ देखि २०८० भदौ ६ सम्मसार्वजानिक निर्माण
श्री जस्ट इन टाइम कन्स्ट्रक्सन, पोखरा–३२, कास्की२०७९ भदौ ८ देखि २०८० भदौ ६ सम्मसार्वजानिक निर्माण
श्री जोन्सन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि बुद्धनगर, काठमाण्डौ२०७९ भदौ ८ देखि २०८० भदौ ६ सम्मसार्वजानिक निर्माण
श्री बलिया कन्स्ट्रक्सन, इटहरी–९, सुनसरी०७९ भदौ ८ देखि २०८० भदौ ६ सम्मसार्वजानिक निर्माण
श्री चाडकिड वाडबीया इलेक्ट्रिक समूह कर्पोरेशन लिमिटेड, चीन२०७९ भदौ ८ देखि २०८१ फागुन ११ सम्मसार्वजानिक निर्माण
श्री अरावली इन्फ्रापावर लिमिटेड सैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि२०७९ भदौ ८ देखि २०८१ फागुन ११ सम्मसार्वजानिक निर्माण
श्री सहारा निर्माण सेवा, विरेन्द्रनगर न.पा वडा नं. ९, सुर्खेत२०७९ साउन १९ देखि २०८० साउन १८ सम्मसार्वजानिक निर्माण
श्री सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि, सहयोगीनगर, काठमाण्डौ२०७९ साउन १९ देखि २०८० साउन १८ सम्मसार्वजानिक निर्माण
श्री नशः कन्सर्न प्रा.लि, टोखा, काठमाण्डौ२०७९ साउन १९ देखि २०८० साउन १८ सम्मसामान
श्री नताशा निर्माण सेवा, भरतपुर–१२, चितवन२०७९ साउन १९ देखि २०८० साउन १८ सम्मसार्वजानिक निर्माण
श्री नताशा निर्माण सेवा, भरतपुर–१२, चितवन२०७९ साउन १९ देखि २०८० साउन १८ सम्मसार्वजानिक निर्माण
श्री एम\एस मिसु ट्रेडिङ, हाकिमचोक, भरतपुर, चितवन२०७९ साउन १९ देखि २०८० साउन १८ सम्मपरामर्श सेवा
श्री मनन कन्स्ट्रक्सन प्रा.लि, सुन्दरहरैचा, न.पा.–११, मोरङ२०७९ साउन १९ देखि २०८० माघ २० सम्मसार्वजानिक निर्माण
श्री छथर निर्माण सेवा, जोरपाटी–२, धनकुटा२०७९ साउन १९ देखि २०८० माघ २० सम्मसार्वजानिक निर्माण
श्री चन्द्र सूर्य निर्माण सेवा प्रा.लि, बुद्धनगर, काठमाण्डौ२०७९ साउन १९ देखि २०८० माघ २० सम्मसार्वजानिक निर्माण
श्री थोकर\निभा\लयुल जे.भी\थोकर निर्माण सेवा, तेमाल गा.पा. वडानं.छ, काभ्रेपलाञ्चोक । निभा निर्माण सेवा  लयुल निर्माण सेवा२०७९ साउन ९ देखि २०८० साउन ८ सम्मसार्वजानिक निर्माण
श्री ड्रप सप्लाई एण्ड सर्भिसेज प्रा.लि.२०७९ साउन ९ देखि २०८० साउन ८ सम्मसामान
श्री रूजन–जगदम्बा–भुवनेश्वरी एण्ड भैभव जे.भी.  रूजन , जगदम्बा निर्माण कम्पनी प्रा.लि. ,भुवनेश्वरी एण्ड भैभव विल्डर्स प्रा.लि.२०७९ साउन ९ देखि २०८० साउन ८ सम्मसार्वजानिक निर्माण
श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन२०७९ साउन ९ देखि २०८० साउन ८ सम्मसार्वजानिक निर्माण
श्री दिनेशचन्द्र आर\नागार्जुन\कोशी एण्ड एएम्पी न्यौपाने जेभी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्रा.लि नागार्जुन कन्स्ट्रक्सन२०७९ साउन ९ देखि २०८२ साउन १ सम्मसार्वजानिक निर्माण
श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन२०७९ साउन ९ देखि २०८० साउन ८ सम्मसार्वजानिक निर्माण
श्री शिवराम\सिद्धगढी जे.भी.शिवराम कन्स्ट्रक्सन कम्पनी, सिद्धगढी इन्जिनियरिङ एण्ड बिल्डर्स प्रा.लि२०७९ साउन ९ देखि २०८२ साउन ९ सम्मसार्वजानिक निर्माण

                                                   स्रोतः  सार्वजनिक खरिद अनुगमन कार्यालय

अदालतको अन्तिरिम आदेशमार्फत कालो सूचीबाट हटाइएका ६ कम्पनी/जेभी

कम्पनीको नामकालो सूचीको अवधिप्रकार
श्री लामा\च्याङ्गमिला\सुन्दरी जे.भी,काठमाण्डौ२०७९ भदौ २७ देखि २०८० फागुन २८ सम्मसार्वजानिक निर्माण
श्री महालक्ष्मी वायर एण्ड केवल ईण्डष्ट्रिज प्रा.लि., टंकिसिनवारी–६, मोरङ२०७९ भदौ ८ देखि २०८१ फागुन ११ सम्मसार्वजानिक निर्माण
एमएस जोङडिङ इन्टरनेश्नल कम्पनि लिमिटेड, नानच्याङ, ३३००९६, चीन२०७९ भदौ ८ देखि २०८१ फागुन ११ सम्मसार्वजानिक निर्माण
श्री सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि., सहयोगीनगर, काठमाण्डौ२०७९ साउन १९ देखि २०८१ कार्तिक १८ सम्मसार्वजानिक निर्माण
श्री एलबी एन्ड एबी बिल्डर्स प्रा. लिमिटेड, धनगढी–५, कैलाली२०७९ साउन १९ देखि २०८० साउन १८ सम्मसार्वजानिक निर्माण
श्री बि.टी. (बि.टी. निर्माण सेवा प्रा.लि.) र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि., भिमेश्वर२०७९ साउन ९ देखि २०८२ साउन ९ सम्मसार्वजानिक निर्माण

                                                                      स्रोतः  सार्वजनिक खरिद अनुगमन कार्यालय


Read Previous

पोल भाडा नतिर्ने सेवा प्रदायकलाई फेरि प्राधिकरणको ताकेता, सम्झौता नगरी नयाँ सेवा विस्तार गर्न नपाइने

Read Next

महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति कर दिवसका अवसरमा सम्मानित