Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

प्राधिकरणले ४ महिनामा ७ अर्ब बढीकाे विद्युत भारतीय बजारमा निर्यात गर्याे


काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) को भदौ महिना सकिँदा नेपालले २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारतीय बजारमा निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत हुन नसकेर बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भारतमा निर्यात गरी यति आम्दानी गरेको हो ।

जेठ, असार, साउन र भदौ गरी ४ महिनामा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरिसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने हुँदा ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ ।

प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९.८० रुपैयाँ छ । ४ महिनाको औसत दर प्रतियुनिट ९.२३ रुपैयाँ छ । हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटा कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं । मंसिरको पहिलो सातासम्म विद्युत निर्यात गर्न सकिन्छ । जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं’ घिसिङले भने । उनले अब चाडबाड सुरु हुन लागेकोले पनि उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुने तथा आन्तरिक विद्युत उत्पादन पूर्ण क्षमतामा भइरहने हुँदा थप करिब २ सय मेगावाट विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएको बताए ।

उनले थप विद्युत खरिद गर्ने सम्बन्धमा भारतीय पक्षबाट छिट्टै सहमति दिनेमा विश्वस्त रहेको बताए । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार हुने गर्दछ । त्यसकारण, हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

    महिना निर्यात ऊर्जा (युनिट) भारतीय रुपैयाँ नेपाली रुपैयाँ औसत दर प्रति युनिट(नेपाली रुपैयाँ)
जेठ ७ कराेड १६ लाख ५५ करोड ९६ लाख ८९ करोड ५४ लाख १२.५१
असार २१ कराेड ९१ ला ६ हजार १ अर्ब १६ करोड ७५ लाख १ अर्ब ८६ करोड ८० लाख ८.५३
साउन २४ कराेड २८ लाख ४३ हजार १ अर्ब २६ करोड १५ लाख २ अर्ब १ करोड ८४ लाख ८.३१
भद २४ कराेड ६५ लाख २९ हजार १ अर्ब ५१ करोड ५ लाख २ अर्ब ४१ करोड ६८ लाख ९.८०
जम्मा ७८ कराेड ७८ हजार ४ अर्ब ४९ करोड ९१ लाख ७ अर्ब १९ करोड ८६ लाख ९.२३

स्रोत: नेपाल विद्युत प्राधिकरण

थप १०० मेगावाट निर्यात प्रस्ताव

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।

प्राधिकरणले केही दिनअघि ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । यसअघि प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी-१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गरे । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ बाट दैनिक रूपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।


Read Previous

साढे तीन वर्षपछि नेपाल–भारत संयुक्त जलस्रोत बैठक बस्दै

Read Next

यांग्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

Leave a Reply

Your email address will not be published.