Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

साढे तीन वर्षपछि नेपाल–भारत संयुक्त जलस्रोत बैठक बस्दै


काठमाडौ । भोलि बुधबारदेखि नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक बस्दैछ । भोलि बुधबार असोज ५ गतेदेखि शुक्रबार असोज ७ गतेसम्म अर्थात सेक्टेम्बर २१ देखि २३ गतेसम्म नवौ संयुक्त बैठक काठमाडौमा बस्न लागेको हो ।

२०७५ सालको पुस २५ देखि २७ गतेसम्म नयाँ दिल्लीमा आठौ बैठक बसेको थियो । साढे तीन बर्षपछि नवौ बैठक बस्न लागेको हो । २०६९ माघ ११ र १२ गते ६ बर्षपछि सातौ बैठक काठमाडौमा बसेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवालले बुधबार र बिहीबार संयुक्त स्थायी प्राविधिक समिति (जेएसटीसी) को सातौ र शुक्रबार नेपाल भारत संयुक्त जलस्रोत समितिको नवौ बैठक बस्न लागेको जानकारी दिए ।

उनका अनुसार, सचिवस्तरीय जेसीडब्लूआरको बैठकको नेतृत्व नेपालको तर्फबाट मन्त्रालयका सचिव सागर राई र जेएसटीसीको नेतृत्व जलस्रोत महाशाखा प्रमुख शिशिर कोइरालाले अध्यक्षता तथा भारतीय समकक्षीहरुले सह–अध्यक्षता गर्नेछन् ।

बैठकमा पञ्चेश्वर बहुउदेश्यीय परियोजना, महाकाली नदीको पानीको बाँडफाँड र पूर्वी नेपालको सप्तकोशी उच्च बाँध परियोजनाका साथै गण्डक, दोधारा चाँदनी, नदी नियन्त्रण, तटबन्ध निर्माण लगायतका मुद्दामा छलफल हुनेछ ।

मन्त्रालयका अनुसार, पञ्चेश्वर विकासका लागि छुट्टै संयन्त्र भएपनि समग्र जलस्रोतको नेतृत्व गर्ने संयुक्त समिति भएकोले जलस्रोतका सबै मुद्दाहरुबारे छलफल हुनेछ ।

आठौ बैठकमा समेत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिने, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी कमला स्टोरेज कम ड्राइभर्सनको संयुक्त प्राविधिक समूहले वर्तमान अवस्थाको लेखाजोखा गर्ने, कोशी गण्डक आयोजना संयुक्त समितिको निर्णहरुको अनुमोदन गरी गण्डक उच्च स्थायी समितिमा नेपाल पक्षको सहभागिता गराउने लगायतमा सहमति भएको थियो ।


Read Previous

कार्यकारी निर्देशक घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान,सिलवाल,अधिकारी, भण्डारी र घोष पनि विभूषित

Read Next

प्राधिकरणले ४ महिनामा ७ अर्ब बढीकाे विद्युत भारतीय बजारमा निर्यात गर्याे

Leave a Reply

Your email address will not be published.