Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

यांग्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु


काठमाडाैं । मेलम्चीपछि यांग्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ ।

सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र १ हजार ८ हजार मिलिमिटर (एमएम) का ठूला पाइप विच्छ्याउन थालिएको हो ।

दोस्रो चरणमा यांग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म २०६९ मा १ हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो ।

यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

दोस्रो चरणअन्तर्गतको पाइप विच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँलेलाई जानकारी दिए ।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साँढे दुई किमी नयाँ पाटीसम्म १ हजार ८ सय मिलिमिटरको पाइप विच्छ्याइने छ । साँढे दुई किलोमिटरभन्दा तल चावहिलसम्म करिब आठ किमी दुरीमा भने १ हजार ६ सय मिलिमिटरको पाइप विच्छ्याइने छ ।

यांग्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप विच्छ्याइएको उनको भनाइ छ ।

वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिनेछ । यांग्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप विच्छ्याउन थालेको हो ।

हवास उई कंकाई कम्पनी जेभीले पाइप विच्छ्याउने कामको ठेक्का पाएको छ । २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता छ । कुल २ अर्ब ८८ करोड रुपैयाँको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप विच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप विच्छ्याइनेछ । (रासस)


Read Previous

प्राधिकरणले ४ महिनामा ७ अर्ब बढीकाे विद्युत भारतीय बजारमा निर्यात गर्याे

Read Next

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान

Leave a Reply

Your email address will not be published.