Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

लिबर्टी इनर्जीले २४.६ मेगावाटको बडिगाड खोला निर्माण गर्ने


काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले २४.६ मेगावाटको बडिगाड खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित मालिका र मुसिकोट गाउँपालिका भएर बग्ने बडिगाड खोलामा यो आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाको अध्ययन पूरा भइसकेको छ । कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा आवेदन दिएको छ ।कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । विभागले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरी सम्बन्धित सरोकारवालासँग राय तथा सुझाव मागेको छ ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग लिखित राय/सुझाव मागिएको हो । कम्पनीले निर्माण गर्ने आयोजना नदीको वहावमा आधारित हुनेछ । आयोजनाको डिजाइन डिस्चार्ज (वहाव) १८.७९ घनमिटर प्रतिसेकेन्ड र कूल ग्रस हेड १५५ मिटरको हुनेछ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १४७.७३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाको मुख्य भौतिक संरचना बडिगाड खोलाको वायाँ किलारमा रहने छन् । खोलाको पानी विद्युतगृहसम्म पुर्याउन ५४.७५ मिटर लम्बाई भएको बाँध निर्माण गरिनेछ । आयोजनाबाट विद्युत उत्पादनका लागि विद्युतगृहमा ८.२६ मेगावाट क्षमताका ३ वटा फ्रान्सिस टर्बाइन जडान गरिनेछ ।

विद्युत उत्पादन भइसकेपछिको पानी पुनः खोलामा फर्काउन ७ मिटर चौडाई, ३५ मिटर लम्बाई र ३ मिटर उचाईको निकाल नली निर्माण गरिनेछ ।आयोजनाबाट २०८४ साल असार १५ गतेभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत गुल्मीको बस्तु सबस्टेसनमा जोडिनेछ । यो आयोजना निर्माण भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदा प्रणालीको गुणस्तरमा सुधार भई प्राविधिक चुहावट कम गर्न योगदान पुग्ने कम्पनीले जनाएको छ । यो कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण गरेको छ । निर्माण पूरा भएको यो आयोजना विद्युत उत्पादन गर्ने चरणमा छ ।


Read Previous

जलवायु परिवर्तनले जलस्रोतको विकासमा पार्ने असर न्युनिकरणका लागि संयुक्त अध्ययन गर्न नेपाल र बंगलादेश सहमत

Read Next

लहान वितरण केन्द्रले विद्युत चुहावट २५.३९ प्रतिशतमा झार्यो

Leave a Reply

Your email address will not be published.