काठमाडौ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
बुधबारको प्रदेश सभा वैठकमा उनले चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड ५९ लाख, रोयल्टी बाँडफाँडबाट ७० करोड तथा संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड ३४ लाख प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।
यसैगरी त्यसै गरी संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट ७३ करोड ९० लाख र विशेष अनुदानबाट ४८ करोड ३५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा प्रदेशभित्रका क्याम्पसहरुमा स्नाकोत्तर तहमा अध्ययनरत छात्राहरुलाई निःशुल्क चुल्हो वितरण गर्ने तथा आगामी भदौ महिनादेखि प्रदेश मन्त्रालयहरुबाट ग्याँस विष्थापन गर्ने उल्लेख छ ।
बजेटको पूर्ण पाठ: lumbini budjet