
काठमाडौं। प्राइम कमर्सियल बैंकले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि सरकारलाई ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलगायतले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
यस्तै, बैंकले बाढी प्रभावितका लागि ७ लाख रुपैयाँ बराबरका खाद्य सामग्री समेत सहयोग गरेको जनाएको छ।
