Nepal Purbadhar

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू बैंकबीच मर्जरको समझदारी, सबैभन्दा ठूलो बैंक बन्ने


काठमाडौं । ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू बैंकबीच मर्जरमा जाने समझदारीमा हस्ताक्षर भएको छ ।

विहीबार विहान एक होटलमा दुई बैंकबीच एक आपसमा गाभिने (मर्जर) समझदारीमा हस्ताक्षर भएको हो । समझदारीमा ग्लोबल आइएमइका तर्फबाट चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका तर्फबाट प्रकाश श्रेष्ठले हस्ताक्षर गरे ।

मर्जरपछि यो देशकै सबैभन्दा ठूलो बाणिज्य बैंक हुनेछ । त्यसपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ हुनेछन् । दुवै बैंक बराबर शेयर अनुपात (१ बराबर १ को स्वाप रेसियो) मा मर्ज हुने समझदारी छ ।

बैंकको अध्यक्षमा ग्लोबल आइएमइका चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा बैंक अफ काठमाण्डुका रत्नराज बज्राचार्य रहनेछन् । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ बिओके बैंक हुनेछ ।

यसअघि बैंक अफ काठमाण्डू बुधबार बसेको संचालक समितिको २२६ औ बैठकले ग्लोबल आईएमई बैंकसँग आपसमा गाम्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको थियो । साथै, समझदारीपत्रमा हस्ताक्षर लगायत सम्पूर्ण कार्य गर्न बैंक संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठलाई अख्तियारी दिएको थियो ।

त्यस्तै, ग्लोबल आइएमइ बैंकले बुधबार नै बैठक बसी बैंक अफ काठमाण्डुसँग मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रको मस्यौदामा स्वीकृत गरेको थियो ।

यसअघि गत शुक्रबार मात्र नेपाल इन्भेष्टभेण्ट बैंक र मेगा बैंकबीच मर्जरमा जोन समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।


Read Previous

लुम्बिनी प्रदेशको बजेट साढे ४२ अर्ब, स्नाकोत्तर पढ्ने छात्रालाई निःशुल्क विद्युतीय चुल्हो (बजेटको पूर्ण पाठसहित)

Read Next

उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन पाउँदा डेढ खर्बको सिमन्ट/क्लिङ्कर निर्यात गर्न सकिन्छ:संघ

Leave a Reply

Your email address will not be published.