Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

घोप्टेभिरमा पहिरो गएपछि नौबिसे मुग्लिन सडक पुन: अवरुद्ध


काठमाडौं । पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडक पुन अवरुद्ध भएको छ । नौविसे मुग्लिन खण्डको घोप्टेभिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरकी इञ्जिनियर आशिका पोखरेलले जानकारी दिइन् । पहिरो गएको स्थान नौविसेदेखि ८० किलोमिटरको दूरीमा पर्छ ।

पहिरो गएको ठाँउमा सडक खुलाउनको लागि दुई वटा मेसिन पठाइएको छ । त्यसमध्ये एउटा सडक विभाग र अर्को स्थानीय तहको हो । इञ्जिनियर पोखरेलका अनुसार चाडै एकतर्फी सडक खुल्नेछ । पहिरोको कारण सडकको १ सय मिटर लम्बाइसम्म पूरै डेब्रिज थुप्रिएको छ । पहिरो गएपछि सडक जाम भएको छ ।

यसअघि नाग्दी खोलाको पुलमा गएको पहिरोको कारण नौविसे मुग्लिन सडक बुधबार रातिदेखि अवरुद्ध भएको थियो । त्यस ठाउँमा केही घण्टाअघि मात्र सडकमा थुप्रिएको डेब्रिज हटाएर सवारी सुचारु गरिएको थियो ।


Read Previous

नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक असारको दोस्रो साता

Read Next

पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै

Leave a Reply

Your email address will not be published.