Nepal Purbadhar

लघुवित्त तथा वित्तीय शोषण पीडितको ‘राजधानी मार्च’-तस्बीरमा हे्नुहोस्


काठमाडौं। लघुवित्त तथा वित्तीय शोषण पीडितले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन् ।

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका पीडितले आफूहरूमाथि भएको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, ऋण मिनाहा गर्नुपर्ने तथा न्यायोचित समाधान खोजिनुपर्ने माग गर्दै राजधानीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले लघुवित्त तथा वित्तीय संस्थाबाट लिइएको ऋणको ब्याज तथा जरिवानाका कारण आफूहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

पीडितले वित्तीय संस्थाको ऋण असुली प्रक्रियामा सुधार, पीडितमैत्री नीति निर्माण र समस्याको दीर्घकालीन समाधानका लागि सरकारसँग माग गरेका छन् ।

तस्बीरहरू सबै: नेपाल फोटो लाइब्रेरी।


Read Previous

पूर्वी नेपालमा विद्युत आपूर्ति सुधार्न प्राधिकरणको उच्च नेतृत्व स्थलगत अनुगमनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar