Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै


काठमाडौं । निजी क्षेत्रले निर्माण गरी सञ्चालनमा ल्याएको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत केन्द्रको विद्युत भारतीय बजारमा निर्यात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि रामेछाप र दोलखाको सीमामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको लिखु–४ को ५१ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा निर्यात गर्न लागेको हो ।

लिखु-४को विद्युत निर्यात गर्ने सबै तयारी पूरा भएको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख सुरेशबहादुर भट्टराईले बताए । ‘अहिलेसम्म प्राधिकरणले सञ्चालन गरिरहेका जलविद्युत केन्द्रको विद्युत मात्रै भारतमा निर्यात भइरहेको थियो,’ उनले भने, ‘भोलिदेखि निजी लगानीमा बनेको लिखु-४ को विद्युत पनि निर्यात गर्दैछौं ।’

लिखु-४ इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा प्राधिकरणले निर्यात गर्न लागेको निजी क्षेत्रको पहिलो जलविद्युत केन्द्र हो । लिखु–४ को प्रवद्र्धक ग्रिन भेन्चर कम्पनीले विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेकाले प्राधिकरणमार्फत नै यो जलविद्युत केन्द्रको विद्युत भारतमा निर्यात हुन लागेको हो ।

भट्टराईले लिखु-४ को ५१ मेगावाटसँगै भोलिदेखि स्वीकृति पाएका सबै ६ वटै जलविद्युत केन्द्रको ३६४ मेगावाट विद्युत भारतीय बजारमा पुग्ने बताए । बिहीबारसम्म प्राधिकरणका ५ जलविद्युत केन्द्रको ३१२ मेगावाट विद्युत भारतीय बजारमा गएको छ ।

अहिले औसतमा १६ सय मेगावाट विद्युत उत्पादन भइरहेको र उच्च माग साढे १५ सय मेगावाट हाराहारीमा रहेको प्राधिकरणले जनाएको छ । माग उच्च हुने बिहान र साँझको समयमा कम रह अरु समयमा सम्झौताअनुसारकै विद्युत निर्यात भइरहेको पनि भट्टराईले बताए ।

नेपालबाट निर्यात भएको विद्युतले भारतीय बजारमा प्रतियुनिट औसत दर ६.८८ भारतीय रुपैयाँ पाएको छ । अधिकतम प्रतियुनिट मूल्य १२ भारतीय रुपैयाँ पाएको प्राधिकरणले जनाएको छ ।

नेपालले १४४ मेगावाटको कालीगण्डकी ‘ए’, ६९ मेगावाटको मर्स्याङ्दी, ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५२.४ मेगावाटको लिखु-४ तथा त्रिशूली र देवीघाटको गरी ३९ मेगावाट विद्युत निर्यात गर्न अनुमति पाएको थियो । प्राधिकरणले अहिले कालीगण्डकीबाट १४० मेगावाट, त्रिशूलीबाट २३.२ मेगावाट, देवीघाटबाट १४.५ मेगावाट, मर्स्याङ्दीको ६७ र मध्य मर्स्याङ्दीको ७८ मेगावाट विद्युत भारतीय बजारमा निर्यात भइरहेको छ ।

भारतसँग नेपालबाट निर्यात अनुमति पाएका सबै जलविद्युतगृहको सुपरभिजरी कन्ट्रोल एन्ड डाटा एक्युजिसन (स्काडा) मार्फत डाटा कनेक्सन गरिएको छ । विद्युत प्राधिकरणले नेपालको विद्युत ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत भारतमा निर्यात गरिरहेको छ ।


Read Previous

घोप्टेभिरमा पहिरो गएपछि नौबिसे मुग्लिन सडक पुन: अवरुद्ध

Read Next

हिन्दुकुश पर्वतीय क्षेत्रका देशमा दीगो विकास प्रवद्धन गर्न युएनडीपी र इसिमोडबीच समझदारी

Leave a Reply

Your email address will not be published.