Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

डेढ महिनामा दोस्रो पटक सार्वजनिक सवारी साधनको भाडा वृद्धि, बुधबारदेखि कार्यान्वयन हुने


काठमाडौं । सरकारले ४५ दिनमा दोस्रो पटक अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ । भाडादर बुधबारदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यातायात व्यवस्था विभागले वृद्धि गरेको भाडादर अन्तरप्रदेश चल्ने सवारी साधनको लागि मात्र कार्यान्वयनमा आउनेछ ।

सार्वजनिक नयाँ भाडादर अनुसार यात्रुबाहक सवारीमा साढे ३ प्रतिशतले भाडा वृद्धि गरेको छ । मालवाहक सवारी साधनमा भने पहाडी बाटोमा ४.६ प्रतिशत र तराईको बाटोमा ५.१ प्रतिशतले भाडा वृद्धि गरेको हो ।

वृद्धि भएको भाडादर अनुसार यात्रुले अहिले १ सय रुपैयाँ भाडा तिर्नुपथ्र्यो भने अब १०३.५ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, पहाडी बाटोमा गुड्ने मालवाहक सवारी साधनमा भने १ सय रुपैयाँ थियो भने १०४.६ र तराईको बाटोमा १०५.१ रुपैयाँ तिर्नुपर्नेछ ।

यसअघि पछिल्लो पटक सरकारले १७ चैत २०७८ मा निर्णय भइ २० चैतदेखि कार्यान्वयन हुने गरी भाडा वृद्धि गरेको थियो । त्यसबेला यात्रुबाहक सवारी साधनको १० प्रतिशतले भाडा वृद्धि गरिएको थियो । त्यस्तै, पहाडी बाटोमा गुड्ने मालवाहक सवारी साधनको १३ प्रतिशत र तराईको बाटोमा गुड्नेको १५ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

पेट्रोलियम पदार्थको ५ प्रतिशत मूल्य घटबढ हुनासाथ सवारीसाधनको भाडादर पनि त्यति नै प्रतिशतले घटबढ हुने व्यवस्था अनुसार नयाँ भाडा समायोजन भएको यातायात व्यवस्था विभागका महानिर्देशक घिमिरेले बताए । पेट्रोलियम पदार्थ महँगो भएकाले भाडादर पनि बढेको उनको भनाइ छ ।


Read Previous

आगामी बजेटका प्राथमिकता संसदमा प्रस्तुत, उच्च प्राथमिकतामा पूर्वाधार विकास

Read Next

माथिल्लो कालंगागाडकाे बाँध क्षेत्रमा पानी भरेर परीक्षण,असारदेखि विद्युत उत्पादन

Leave a Reply

Your email address will not be published.