
काठमाडौं। टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज र छिटो बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ।
असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा दिने भएको हो। यसअघि बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै सेवा उपलब्ध हुँदै आएको थियो।
सेवा समय विस्तारसँगै दिनभर यात्रु तथा मालवाहक सवारी सञ्चालन गर्ने ग्राहकले साँझको समयमा समेत आफ्नो सवारीको नियमित सर्भिस तथा आवश्यक मर्मत गराउन सक्नेछन्। ग्राहकको समय र व्यावसायिक सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको सिप्रदीले जनाएको छ।
सर्भिस सेन्टरमा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युइन स्पेयर पार्ट्स, दक्ष तथा प्रशिक्षित प्राविधिक र सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध गराइने जनाइएको छ।
सिप्रदीका अनुसार अवैध तथा नक्कली पार्ट्स र लुब्रिकेन्टको प्रयोगले सवारीको इन्जिन, ब्रेक तथा क्लच प्रणालीमा असर पार्नुका साथै मर्मत खर्चसमेत बढाउन सक्छ। त्यसैले ग्राहकलाई गुणस्तरीय तथा आधिकारिक पार्ट्स र प्राविधिक सेवामार्फत सवारीको मर्मतसम्भार गर्न प्रोत्साहित गरिएको छ।
सेवा विस्तारबाट विशेषगरी यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकलाई आफ्नो नियमित काम प्रभावित नगरी सवारी मर्मत तथा सर्भिस गराउन सहज हुने अपेक्षा गरिएको छ।
सवारीको डाउनटाइम कम गर्दै सञ्चालन क्षमता बढाउने र मर्मत तथा सञ्चालन खर्च व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सेवा समय विस्तार गरिएको सिप्रदीले जनाएको छ।
विस्तारित सेवा समयले टाटा मोटर्सका कमर्सियल भेहिकल ग्राहकलाई नियमित तथा आकस्मिक मर्मतसम्भारका लागि थप विकल्प उपलब्ध गराउने कम्पनीको भनाइ छ।


