
काठमाडौं। टाटा मोटर्सको नयाँ टियागो ईभी नेपाली बजारमा विशेष अफरसहित उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ अभियान सञ्चालन गरिरहेको छ।
सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउनपेमेन्टमा नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ।
‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ मुख्य सन्देशसहित सञ्चालन भइरहेको अभियानले ग्राहकलाई पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ विद्युतीय सवारीमा अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ।
अभियानअन्तर्गत टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्। त्यस्तै, पुरानो गाडी एक्सचेन्ज गर्दा ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ को सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले अभियान अवधिमा गाडी खरिद गर्ने ग्राहकका लागि निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर र निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पनि राखिएको छ।
टियागो ईभी आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङको सहज अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषतासहित नेपाली बजारमा उपलब्ध विद्युतीय मोडल हो। पुरानो सवारीलाई विद्युतीय गाडीमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको सिप्रदीले जनाएको छ।
ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा अभियानअन्तर्गतका अफरबारे बुझ्न सक्नेछन्।
‘जोयफुल विक’ अभियान सीमित अवधिका लागि मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकले सेप्टेम्बर १९ देखि २६ सम्म उक्त सुविधा लिन सक्नेछन्।


