
काठमाडौं । विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमले पाएका छन् । सोमबार बसेको ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय बैठकले उनलाई महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
गौतम ऊर्जा मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत थिए । विभागको महानिर्देशक मनदेवी श्रेष्ठलाइ मन्त्रालय सरुवा गरिएको छ । साथै विभागका उपमहानिर्देशक सुनिल पौडेल,गोकर्ण राजपन्तलाई मन्त्रालय सरुवा गरिएको छ ।
पन्तलाई विद्युत नियमन आयोगको सचिवको जिम्मेवारी दिने तयारी छ । पन्तले पहिले पनि आयोगको सचिवका रुपमा काम गरिसकेका छन् । यद्धपी हल्ला सुनेपनि आफूले चिठ्ठी भने प्राप्न नगरिसकेको पन्तले बताए । सरकारले दिएको जिम्मेवारी पूरा गर्ने उनको भनाई छ ।
