Nepal Purbadhar

काठमाडौंका मिडिया हाउस अगाडी शंकास्पद गाडी पार्किङ: कान्तिपुर अगाडिको क्रेन लगाएर उठाइयो


काठमाडौं । काठमाडौंका विभिन्न सञ्चारगृह र व्यावसायिक क्षेत्र बाहिर शंकास्पद रूपमा छाडिएका सवारीसाधन भेटिएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेको छ।

कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि राखिएको एउटा गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर हटाएको छ। त्यसैगरी, अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि बिहान करिब ७ बजेदेखि राखिएको अर्को गाडीको धनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट बाहिर पनि सवारीसाधन अलपत्र अवस्थामा राखिएको पाइएको छ। ती सवारीसाधन कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

शंकास्पद रूपमा छाडिएका सवारीसाधनका कारण ती क्षेत्रमा केहीबेर सुरक्षा सतर्कता बढाइएको थियो। प्रहरीले सवारीधनीको पहिचान गर्ने र घटनाको वास्तविकता पत्ता लगाउने काम भइरहेको जनाएको छ।

घटनास्थलका तस्बिरहरू नेपाल फोटो लाइब्रेरीले सार्वजनिक गरेको छ।


Read Previous

अत्यावश्यक परे मात्रै पासपोर्टको आवेदन दिन विभागको आग्रह, नयाँ प्रणाली सञ्चालनमा

Read Next

नेपाल बैङ्कद्वारा रसुवाका दुर्गम विद्यालयका ९२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar