Nepal Purbadhar

डेढ महिनामा डेढ लाख भारतीय पर्यटक पोखरा आए, पोखराका होटल भरिभराउ

पोखराको फेवातालमा बोटिङ गर्दै पर्यटक। तस्बीर: फोटो लाइब्रेरी


लेखनाथ। भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय राजधानी पोखराका होटल भरिभराउ भएका छन्। होटल व्यवसायीका अनुसार पछिल्लो डेढ महिनामा करिब डेढ लाख भारतीय पर्यटक पोखरा आएका छन् भने होटलहरूको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको छ।

होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार भारतीय पर्यटकले फेवातालस्थित तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथलगायत धार्मिक तथा पर्यटकीय गन्तव्यमा भ्रमण गरिरहेका छन्। पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा, प्याराग्लाइडिङ र अन्य पर्यटन गतिविधिमा पनि वृद्धि भएको छ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनका अनुसार हाल फेवातालमा दैनिक चारदेखि पाँच हजार भारतीय पर्यटकले डुङ्गा सयर गर्ने गरेका छन्। पर्यटन व्यवसायीहरूले सामान्यतया अफसिजन मानिने समयमा पनि भारतीय पर्यटकको आगमनले पर्यटन क्षेत्र उत्साहित बनेको बताएका छन्।


Read Previous

सिक्टा नहरको पानीले बाँकेमा धान रोपाइँ तीव्र, २२ हजार हेक्टरमा सिँचाइ सुविधा

Read Next

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सकंलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar