Nepal Purbadhar

कालमार्ग बन्दै नागढुंगा–मुग्लिन खण्ड, ५ वर्षमा २ हजार ३०० बढी सवारी दुर्घटना, २२९ जनाको ज्यान गयो


काठमाडौं। देशकै सबैभन्दा बढी व्यस्त सडक नागढुंगा-मुग्लिनसम्मको मुख्य खण्ड तथा पृथ्वी राजमार्ग क्षेत्रमा पछिल्ला पाँच आर्थिक वर्षमा २ हजार ३ सयभन्दा बढी सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्मको अवधिमा २४१ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । गम्भीर घाइते र सामान्य घाइतेको संख्या समेत उच्च रहेको तथ्यांकले देखाएको छ ।

वर्षगत विवरण:

२०७८/०७९: ३५९ दुर्घटना, ६७ मृत्यु, १८५ गम्भीर घाइते, ५२३ सामान्य घाइते
२०७९/०८०: ४०८ दुर्घटना, ४४ मृत्यु, ८३ गम्भीर घाइते, ५४९ सामान्य घाइते
२०८०/०८१: ३१२ दुर्घटना, ४८ मृत्यु, ९६ गम्भीर घाइते, ५४८ सामान्य घाइते
२०८१/०८२: २७७ दुर्घटना, ३१ मृत्यु, ८८ गम्भीर घाइते, ५०७ सामान्य घाइते
२०८२/०८३: २६० दुर्घटना, ३९ मृत्यु, ४२ गम्भीर घाइते, ४८७ सामान्य घाइते

नागढुंगा क्षेत्रमामात्रै
काठमाडौंको नागढुंगा क्षेत्रमा मात्रै पाँच वर्षको अवधिमा ४ सय ६८ वटा सवारी दुर्घटना भएका छन् ।

२०७८/०७९: ८३ दुर्घटना, १ मृत्यु, २ गम्भीर घाइते, ५७ सामान्य घाइते
२०७९/०८०: १४३ दुर्घटना, १ मृत्यु, ३ गम्भीर घाइते, ९९ सामान्य घाइते
२०८०/०८१: ९४ दुर्घटना, २ मृत्यु, १ गम्भीर घाइते, १०३ सामान्य घाइते
२०८१/०८२: ८० दुर्घटना, २ मृत्यु, २ गम्भीर घाइते, ९६ सामान्य घाइते
२०८२/०८३: ६८ दुर्घटना, मृत्यु र गम्भीर घाइते नभएको उल्लेख भए पनि २८ सामान्य घाइते भएका छन्

पृथ्वी राजमार्ग (धादिङ मौवाखोला–काठमाडौं खण्ड)

धादिङ जिल्लामा पर्ने मौवाखोला देखि काठमाडौंसम्मको खण्डमा पनि दुर्घटनाको अवस्था उच्च देखिएको छ ।

२०७८/०७९: २७४ दुर्घटना, ६३ मृत्यु, १८३ गम्भीर घाइते, ४६३ सामान्य घाइते
२०७९/०८०: २६२ दुर्घटना, ३९ मृत्यु, ८० गम्भीर घाइते, ४४७ सामान्य घाइते
२०८०/०८१: २१६ दुर्घटना, ४३ मृत्यु, ९० गम्भीर घाइते, ४३४ सामान्य घाइते
२०८१/०८२: १९६ दुर्घटना, २८ मृत्यु, ७९ गम्भीर घाइते, ३८९ सामान्य घाइते
२०८२/०८३: १८९ दुर्घटना, ३८ मृत्यु, ३९ गम्भीर घाइते, ४३४ सामान्य घाइते (जेष्ठ मसान्तसम्म)

मुग्लिन–मौवाखोला (चितवन खण्ड)

चितवनतर्फ पर्ने मुग्लिन देखि मौवाखोला खण्डमा दुर्घटनाको संख्या तुलनात्मक रूपमा कम भए पनि घाइते र मृत्युको अवस्था देखिएको छ ।

२०७८/०७९: २ दुर्घटना, ३ सामान्य घाइते
२०७९/०८०: ३ दुर्घटना, ४ मृत्यु, ३ सामान्य घाइते
२०८०/०८१: २ दुर्घटना, ३ मृत्यु, ५ गम्भीर घाइते, ११ सामान्य घाइते
२०८१/०८२: १ दुर्घटना, १ मृत्यु, ७ गम्भीर घाइते, २२ सामान्य घाइते
२०८२/०८३: ३ दुर्घटना, १ मृत्यु, ३ गम्भीर घाइते, २५ सामान्य घाइते (जेष्ठ मसान्तसम्म)

समग्र तथ्यांकले नागढुंगा–मुग्लिन तथा पृथ्वी राजमार्ग क्षेत्र अझै पनि उच्च जोखिमयुक्त सडक खण्डका रूपमा रहेको देखाएको छ । दुर्घटनाको संख्या केही वर्षमा घटे पनि मृत्यु र घाइतेको दर भने उल्लेख्य रूपमा कम नभएको देखिन्छ ।


Read Previous

निर्माण व्यवसायीको भुक्तानी ३ दिनभित्र गर्न पूर्वाधार विकास मन्त्रालयको निर्देशन , ढिलासुस्ती गरे कारबाही हुने

Read Next

ओटिटी प्लेटफर्म अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar