Nepal Purbadhar

इप्पान महाधिवेशन: बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा, कुन पदमा को उमेद्वार?


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी २४औँ वार्षिक साधारणसभाबाट निर्वाचित हुने कार्यसमितिका लागि वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ।

घोषित प्यानलमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा जलविद्युत् क्षेत्रका विभिन्न कम्पनीका प्रतिनिधिहरू समेटिएका छन्। प्यानलअनुसार बलराम खतिवडा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार छन्। उनी एबीपी इनर्जी, एटलस इनर्जी र बराह मल्टिपावर लिमिटेडसँग आबद्ध छन्।

उपाध्यक्ष पदका उम्मेदवारहरूमा वर्तमान उपाध्यक्ष भरतबहादुर खत्री, वर्तमान सचिव भरतप्रसाद नेपाल, कुमार खरेल, इन्जिनियर दीपक पौडेलतथा महिला उपाध्यक्षतर्फ सिर्जना खड्का रहेका छन्।

महासचिव पदका लागि वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बनेका छन्। सचिव पदमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर लिम्बु, इन्जिनियर वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र ईशा श्रेष्ठ रहेका छन्।

कोषाध्यक्ष पदका लागि वर्तमान कार्यसमिति सदस्य इन्जिनियर मिथुन पौडेल उम्मेदवार छन्।

त्यसैगरी सदस्य पदका उम्मेदवारहरूमा सोमनाथ कडेल, डा. भूषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन्।

इप्पानको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनलाई जलविद्युत् क्षेत्रका लगानीकर्ता तथा निजी ऊर्जा उत्पादकहरूले चासोका साथ हेरिरहेका छन्। प्यानलले निजी ऊर्जा क्षेत्रको विकास, लगानी प्रवर्द्धन, प्रसारण पूर्वाधार विस्तार तथा नीतिगत सुधारलाई आफ्नो प्राथमिकतामा राख्ने जनाएको छ।


Read Previous

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar