Nepal Purbadhar

राखेपको उपाध्यक्षमा पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि चयन


काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ।

लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरेका श्रेष्ठ नेपाली फुटबलका अनुभवी खेलाडीका रूपमा परिचित छन्। अन्तर्राष्ट्रिय फुटबलबाट केही वर्षअघि सन्यास लिएका श्रेष्ठ अब देशको सर्वोच्च खेलकुद निकायको नेतृत्व तहमा पुगेका छन्।

यसैगरी मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले राखेपका चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन्।

मन्त्रालयले खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने लक्ष्यसहित उक्त नियुक्ति गरेको जनाएको छ। नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन तथा नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Read Previous

इप्पान अधिवेशन: बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा, कुन पदमा को उम्मेदवार?

Read Next

एआई, वुसिया र अन्तर सांस्कृतिक संवादको संगम : काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar