Nepal Purbadhar

मन्त्रिपरिषद् बैठकका निर्णय: गुरुङमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण


काठमाडौं, २६ जेठ । जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन बैठकले ग्रहण गर्ने निर्णय गरेको छ।

बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

त्यस्तै, बैठकले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। नेपाल रेडक्रस सोसाइटी सम्बन्धी विषयमा विशाल कुमार भण्डारी, दोलखाको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।


Read Previous

मन्त्रिपरिषद् निर्णय : चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन प्रयोग अनुमति

Read Next

आफुखुसी हेडलाइट र प्रेसर हर्न प्रयोग गरे कडा कारबाही हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar