Nepal Purbadhar

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घट्यो


काठमाडौं। वैदेशिक रोजगारका लागि विदेश जाने नेपाली कामदारमध्ये नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार वैदेशिक रोजगारका लागि नयाँ श्रम स्वीकृति लिने कामदारको सङ्ख्या १३.७ प्रतिशतले घटेर दुई लाख ७३ हजार ५३० मा सीमित भएको छ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या भने १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ।

समग्रमा नयाँ तथा पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ। यसमध्ये महिलाको हिस्सा १२.१ प्रतिशत र पुरुषको ८७.९ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कुल सङ्ख्या पाँच लाख ३४ हजार ४७१ थियो।

सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८१/८२ मा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या १० प्रतिशतले बढेर पाँच लाख पाँच हजार ९५७ पुगेको थियो भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १८.५ प्रतिशतले वृद्धि भई तीन लाख ३३ हजार ३०९ पुगेको थियो।


Read Previous

सडक सञ्जाल ३६ हजार किलोमिटर नाघ्यो, ५६ प्रतिशत सडक कालोपत्रे

Read Next

हालसम्म ४१ लाख १४ हजार सवारी चालक अनुमतिपत्र र ८ लाख ३१ हजार इम्बोस्ड नम्बर प्लेट वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar