
प्रधानमन्त्री वालेन्द्र शाह।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालस्थित युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने भेटमा नेपालका वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपाल–इयू सम्बन्धलाई थप सुदृढ बनाउने तथा विकास, लगानी र सहकार्यका विभिन्न क्षेत्रमा केन्द्रित भएर संवाद हुनेछ ।
यसअघि चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए ।


