Nepal Purbadhar

ऊर्जा मन्त्रालयकी सचिव दवाडीको नेपाल ट्रस्टको कार्यालयमा सरुवा


काठमाडौं। सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीको सरुवा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको बताइएको छ।

दवाडी लामो समयदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत थिइन्। पछिल्लो समय मन्त्रालयअन्तर्गत कर्मचारी सरुवाका विषयमा असन्तुष्टि तथा विवादसम्बन्धी विषय सार्वजनिक भएका थिए।

सरकारले गरेको पछिल्लो निर्णयसँगै दवाडी ऊर्जा मन्त्रालयबाट नेपाल ट्रस्टको कार्यालयमा जाने भएकी छन्।


Read Previous

चामे-बेँसीसहर सडक पहिरोका कारण अवरुद्ध

Read Next

नयाँ बसपार्कमा विश्वकर्मा पूजा, सवारीसाधनको पूजा गर्दै चालक तथा व्यवसायी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar