Nepal Purbadhar

कोरिया जान प्रतीक्षारत युवाको माइतीघरमा प्रदर्शन

उनीहरूले प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा वृद्धि गर्न तथा छिटो पठाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी


काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

“पास गरेकोलाई कोरिया पठाऊ” र “रोजगारको अधिकार सुनिश्चित गर” लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्।

ईपीएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौं नेपाली युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेका छन् । कोरियाली रोजगारदाताबाट ‘रोस्टर’मा परे पनि श्रम सम्झौता नआउनु, सीमित श्रम कोटा, प्रक्रिया ढिलाइ, कोभिड–१९ पछिको प्रभाव तथा नेपाल–कोरिया श्रम आपूर्ति प्रक्रियामा देखिएका प्रशासनिक जटिलताका कारण धेरै युवा अझै जान नसकेको उनीहरूको गुनासो छ।

प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौं समय खर्चिएको, तालिम तथा कागजी प्रक्रियामा ठूलो रकम लगानी गरेको भए पनि रोजगारीका लागि कोरिया जान नपाएको बताएका छन्।

उनीहरूले प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा वृद्धि गर्न तथा छिटो पठाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।


Read Previous

सुनको मूल्य तोलामा १९ सयले वृद्धि

Read Next

१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढ्यो, जग्गा अधिग्रहण शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar