
काठमाडौं । निरन्तर केही दिनदेखि बृद्धि भइरहेको सुनको मूल्यमा आज पनि रेकर्ड कायम भएको छ ।
बुधबार सुनको मूल्य प्रति तोला २ लाख ७ हजार ९०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलबार सुनको मूल्य प्रति तोला २ लाख ५ हजार ९०० रुपैयाँले कारोबार भएकोमा सोमबार भने थप दुई हजार रुपैयाँ बृद्धि भएको हो ।
बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा पाँच रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।








