Nepal Purbadhar

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीमाना पदबाट दिएका छन् । 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले राजीनामा दिएका हुन् । 

राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेसँगै खतिवडाले राजीनामा दिएका हुन् । समितिले निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धि व्यवस्था उल्लेख भएको विषयमा छानबिन गरेको थियो । 

खतिवडाले राजीनामा दिनुअघि प्रतिनिधि सभामा बोल्दै खतिवडाले आफू सरकारी कर्मचारीका लागि कुलिङ परियड लागु हुनुपर्ने अडानमा अडिग रहने बताएका थिए । 


Read Previous

 डेडिकेटेड ट्रंकलाइन विवाद : जब  प्राधिकरणको बोर्ड बैठकमा बोलाएर पुनरावलोकन समिति सदस्यहरुलाई गाली गरियो..

Read Next

एक लाखले अवलोकन गरेको नाइमाको पहिलो अटो एक्स्पोमा कति भयो बुकिङ?

Nepal Purbadhar