
काठमाडौं । आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ।

भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।

गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याँकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिए ।



तस्बिर: नेपाल फोटो लाइब्रेरी