Nepal Purbadhar

विद्यार्थीहरुलाई प्रकाशमान सिंहको सुझाव : जीन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्


काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नैपर्ने बताए ।

गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान कार्यक्रममा समबोधन गर्दै उनले विद्याथीहरुलाई मेहनती बन्न सुझाव दिए । मेहनत र परिश्रम विना मानिसले सफलता प्राप्त गर्न नसक्ने भन्दै उहाँले विद्यार्थीहरुलाई अध्ययनमा ध्यान दिन पनि आग्ह गरे ।

‘तपाईहरु जस्तो पारिवारिक पृष्ठभूमिबाट आउनुभएको भएपनि भविष्य तपाईंहरुको हातमा छ । अध्ययनको अवसर सदुपयोग गर्नुस् । विना मेहनत कोही पनि सफल हुँदैन । मेहनत परिश्रम गर्नुस् । भविष्य उज्वल छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले शैक्षिक अवस्था राम्रो बनाउन विद्यँर्थी, अभिभावक र विद्यालय परिवार सबैको साझा प्रयत्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विद्यालयका उत्कृष्ट शिक्षक एवम् विद्यार्थीहरुलाई सम्मान एवम् पुरस्कार वितरण गर्दै आगामी दिनमा अझै राम्रो गर्न शुभकामना दिए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाल पनि सहभागि थिए ।


Read Previous

भौतिक पूर्वाधार मन्त्रालयले गर्‍यो आव २०८१/०८२ मा ६ वर्षकै धेरै पूँजीगत खर्च, के के भयो निर्माण?

Read Next

समावेशी ग्रामीण विकास परियोजनाको लागि नेपाल र गणतन्त्र कोरिया सरकारबीच १ अर्बबढिको को अनुदान सम्झौतामा हस्ताक्षर

Nepal Purbadhar