
काठमाडौं । ए क्लासको निर्माण कम्पनी बेदालय कन्स्ट्रक्सन प्रालिले एक वर्षमा १ अर्बबढिको व्यापार गरेको छ ।
२०२४ मा कम्पनीले १ अर्ब ३४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले २०२३ मा १ अर्ब २३ करोड ६० लाखको व्यापार गरेको थियो भने त्यसअघिको वर्ष २०२२ मा २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
२०२१ मा खुलेको यो कम्पनी इन्टेरियरका काम र निर्माणसम्बन्धि काममा संलग्न रहेको छ । स्ट्रिम इन्भेस्टमेन्ट प्रालिको ६० प्रतिशत सेयर र जयराम अर्यालको ४० प्रतिशत सेयर रहेको कम्पनीले सरकारी तथा नीजि कम्पनीका विभिन्न ठेक्काका कामहरु गर्दै आएको छ ।
हालका लागि कम्पनी १ अर्ब ३७ करोड १८ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी इन्फोमेरिक्सले ७ करोड ६८ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र २ करोडको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । साथै, १ अर्ब २७ करोड ५० लाख रुपैयाँको दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधाका लागि डबल बि/ए फोर रेटिङ दिएको छ ।