Nepal Purbadhar

सहकारीको रकम अपचलन गरी फरार रहेका आरोपी ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो


काठमाडौं । सहकारीको रकम अपचलन गरी फरार रहेका आरोपी ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । 
मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपी भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।


उनिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए । 


ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो ।


Read Previous

यस्तो छ हनुमानढोका प्रहरी कार्यालयको हालत

Read Next

कुन कुन राजमार्ग अवरुद्ध?