
सांकेतिक तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक वा फुटपाथ खन्ने काममा रोक लगाउने निर्णय गरेको छ ।
महानगरको सार्वजनिक निर्माण विभागद्वारा जारी सूचनामा उल्लेख अनुसार, सार्वजनिक सवारी आवागमन र पैदलयात्रीको सहजताका लागि यो निर्णय लिइएको हो । वर्षायाममा सडक वा फुटपाथ खन्ने कार्यले आवतजावतमा असहजता निम्त्याउने भएकाले हरेक वर्षजस्तै यसपालि पनि यस्तो कार्यमा अस्थायी प्रतिबन्ध लगाइएको जनाइएको छ।
यद्यपि, हाल सञ्चालनमा रहेका निर्माण तथा मर्मतका काम भने यथावत् रूपमा अघि बढ्ने महानगरले स्पष्ट पारेको छ ।
