
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँठाउँमा सडक खनिएको छ । सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ ।

अहिले मित्रपार्कबाट कालोपुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ । सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ ।

ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरु आफैं साबेल चलाएर बाटो क्लियर गरिरहेका देखिन्छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


