
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बृद्धि भएको छ ।
बिहीबार १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको हो ।