
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अत्याधिक विद्युत खपत तथा नियमित महशुल भुक्तानीलाई आधार बनाई केन्द्र र प्रदेश स्तरका सर्वाधिक महत्वपुर्ण र अत्यन्त महत्वपुर्ण उपभोक्ताहरुको नाम सार्वजनिक गरेको छ ।
प्रत्येक प्रादेशिक कार्यालयबाट दश ग्राहकको दरले ७० तथा देशै भरिबाट १० गरि जम्मा ८० जना ग्राहकहरुको नाम आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ । यसरी छनौट भएका ग्राहकहरुलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्राधिकरणले जनाएको छ ।
छनौट भएका प्रदेश स्तरका ग्राहकहरुलाई प्रदेशमा र केन्द्र स्तरका ग्राहकहरुलाई केन्द्रमा कार्यक्रम राखि सम्मान गरिने प्राधिकरणले जनाएको छ ।
ग्राहकलाई प्रदन गर्ने सेवालाई छिटो छरितो चुस्त भरपर्दो बनाउने र ग्राहक सेवालाई मुल मन्त्र मानेर कार्य गर्ने उदेश्य अनुशार यस कार्यको थालनि गरिएको प्राधिकरणले जनाएको छ ।
