Nepal Purbadhar

मेघाश्री गुट्का बेच्ने देउती गुट्का उद्योगको व्यापारमा ८ प्रतिशतको बृद्धि, मार्जिन पनि बढ्यो


काठमाडौं । देउती गुट्का उद्योगको व्यापारमा बृद्धि भएको छ । 

२०२३ को तुलनामा कम्पनीको व्यापार २०२४ मा ८.२३ प्रतिशतले बृद्धि भएको हो । 

२०२२ मा १ अर्ब १५ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा १ अर्ब १६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०२४ मा भने कम्पनीको व्यापारमा ८.२३ प्रतिशतले बृद्धि भएर १ अर्ब २५ करोड ७० लाख रुपैयाँ पुगेको छ । 

२०१५ मा खुलेको देउती गुट्का उद्योग नेपालमा बिक्री हुने मेघाश्री र मञ्जुश्री गुट्काको उत्पादक कम्पनी हो । कम्पनीले वर्षेनी ८ हजार मेट्रिक टन गुट्का तथा पान मसला र ५ सय मेट्रिक टन स्विट सुपारी उत्पादन गर्छ । सुदुरपश्चिममा पारिवारिक व्यवसायबाट सुरु भएको यो कम्पनी हाल नेपालभरमा २ सय वटा आधिकारिक बिक्रेतामार्फत आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । 

बाँके स्थित जानकि गाउँपालिकामा उद्योग रहेको कम्पनीको स्वामित्व यज्ञबहादुर ओलीसँग रहेको छ । 

कम्पनीको व्यापारमा बृद्धि भईरहँदा पिबिआईएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा)मा पनि बृद्धि आएको छ । २०२२ मा ५.७७ प्रतिशत मार्जिन रहेकोमा २०२३ मा ७.७८ प्रतिशतको मार्जिन कायम भएको थियो । २०२४ मा भने कम्पनीको मार्जिन १४.४१ प्रतिशत पुगेको छ । 

हालका लागि कम्पनीले ६८ करोड ७६ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई ३१ करोड ५८ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि प्लस र ३७ करोड १७ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

अकामा होटलको व्यापारमा २५ प्रतिशतको बृद्धि

Read Next

न्युरोडस्थित अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन अगाडि बचतकर्ता पीडितहरुको खबरदारी