
काठमाडौं । सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाए पछि आज सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ( महासंघ ) न्युरोडस्थित सो सहकारीको भवनमा भेला भई सञ्चालकलाई खबरदारी गरेका छन्।

आफ्नो बचतबाटै सो भवन किनेको र आफूहरुलाई जानकारी नै नदिने बिक्री गरेको आरोप उनीहरूले लगाएका छन् ।

बचतकर्ताको करीब १६ अर्ब रकम हिमामिन गरेका सो अभिमत बचत तथा ऋण सहकारीका सञ्चालक ( शिव लामिछाने, विकास लामिछाने र मान बहादुर वि. क ) लाई बचत फिर्ता गर्न र कारबाहीको माग राख्दै सहकारी पीडितहरु भेला भएका हुन् ।

