Nepal Purbadhar

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु


काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रालिले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ ।

बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन् ।

उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो। सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो।

यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू—‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’—सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ। कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ।

करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ। यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


Read Previous

प्रधानमन्त्रीको कडा निर्देशनपछि यसरी हुँदैछ त्रिवि क्रिकेट मैदानमा काम

Read Next

टिओडी मिटरको छिनोफानो विद्युत नियमन आयोगले गर्नुपर्छ- ऊर्जामन्त्री खड्का