Nepal Purbadhar

लक्ष्मी इ-मोबिलिटी र जियो अटोमोबाइल्सको सयुक्त आयोजनामा ‘कायी कार्निभल एक्सचेन्ज’ हुने


काठमाडौं । नेपालका लागि कायीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जियो अटोमोबाइल्सको सयुक्त आयोजनामा ‘कायी कार्निभल एक्सचेन्ज’ आयोजना हुने भएको छ ।

काठमाडौंस्थित थापाथलीमा रहेको कायीको शोरुममा बैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुने छ । कार्निभलमा कायीका विद्युतीय सवारीसाधनहरुको आकर्षक अफरहरु ल्याउने कम्पनीले जनाएको छ ।

यो कार्निभलमा पूराना गाडी ल्याएर कायीका गाडीहरु साट्न सकिनेछ । काइयीले यस वर्षको एक्सचेन्ज कर्निभल ‘स्मार्ट, सफा र उत्साहपूर्ण विद्युतीय यात्रा’ को नारा सहित आयोजना गर्न लागेको हो। कार्यक्रममा पुराना सवारीहरू जुनसुकै ब्रान्डका भए पनि ल्याएर निशुल्क मूल्यांकन गर्न सकिनेछ र उत्कृष्ट डिलसहित नयाँ साट्न सकिनेछ।

यस कर्निभलमा काइयीका तीन लोकप्रिय विद्युतीय मोडेलहरू प्रस्तुत हुनेछन्:

E-Qute 02 – सानो तथा स्मार्ट सिटी कार

E-Qute 04 – बहुउपयोगी र व्यावहारिक मोडेल

X3 Pro EV – शक्तिशाली, आरामदायी र आकर्षक डिजाइनयुक्त एसयूभी


Read Previous

राज्यले वातावरण बनाइदिए कोशी प्रदेशमा मात्रै ३४ हजार मेगावाट विद्युत उत्पादन सम्भव छ : अध्यक्ष कार्की

Read Next

उमाकान्त शर्मा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा निर्विरोध चयन