
काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाई पक्राउ नपरेको बताएको छ ।
प्रहरीले विज्ञप्ती जारी गर्दै दुर्गा प्रसाई पक्राउ परेको भन्ने समाचार गलत भएको उल्लेख गरेको छ । बिहिबार प्रसाईले भारतको आसाम प्रहरीको सम्पर्क पुगेको र त्यहाँबाट पक्राउ गरेर नेपाल ल्याउन लागिएको समाचारहरु बाहिरिएका थिए ।
तीनकुनेको हिसांत्मक घटनापछि प्रसाई फरार भएका थिए । राजा फर्काउने भन्दै प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा दुई जनाले ज्यान गुमाएका थिए । तोडफोड, लुटपाट,आगजनीजस्ता कार्यहरु भएका थिए ।