Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

पर्यटक बढाउन नयाँ वर्षमा पोखराका होटेलमा छुट अफर   


गण्डकी । होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी बैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । नयाँ वर्षकाे अवसर पारेर पर्यटककाे संख्या बढाउन तथा बसाइ लम्ब्याउन छुटकाे अफर ल्याउन लागिएकाे हाे ।

महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको संघका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए ।

महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताए । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ ।

संघका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको संघले जनाएको छ ।

नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।


Read Previous

नारायणगढ-मुग्लिन सडक खण्डमा बनेका ३ नयाँ पुल यसै साता सञ्चालनमा आउँदै

Read Next

लगानी सम्मेलनको गृहकार्य तीव्र पार्न बाेर्ड सचिवालयलाई समितिको निर्देशन   

Leave a Reply

Your email address will not be published.