Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

मध्यभोटेकोसी आयोजनाको संरचनाको परीक्षण चल्दै, प्रसारण लाइनको समस्याले उत्पादन सुरु हुन समय लाग्ने


काठमाडौं । बाढी,पहिरो, भूकम्प, नाकाबन्दी तथा स्थानीय अवरोध झेल्दै निर्माण सम्पन्न भएको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको संरचनाहरूको परीक्षण भइरहेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक मध्यभोटेकोसी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको हो ।

पछिल्लो २ सातादेखि आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले बताए । उनका अनुसार आयोजनाको ७ किलोमिटर लामो मुख्य सुरुङ परीक्षणका क्रममा एक स्थानबाट पानी चुहिने समस्या देखिएको छ ।

‘आयोजनाको भौतिक संरचना निर्माण सम्पन्न भएपछि सुरुङमा पानी पठाएर परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘१२ दिनमा सुरुङ पूर्णरूपमा भरिनु पर्ने हो । तर, एक स्थानबाट प्रतिसेकेन्ड करिब २ लिटर पानी चुहिएको पत्ता लागेको छ । के कारणले पानी चुहिएको भन्ने थप प्रेसर दिएपछि चाहा हुनेछ ।’

उनले एक पटक सुरुङ भरिएपछि खाली गरेर पानी चुहिएको स्थानको ट्रिटमेन्ट गरी पुनः पानी भरेर परीक्षण गरिने बताए । यो काम सम्पन्न गर्न थप २ साताको समय लाग्ने पनि उनले बताए ।

दशक अघि निर्माण सुरु गरिएको मध्यभोटेकोसी आयोजना विविधि समस्या झेल्दै निर्माण सम्पन्न भएको हो । आयोजना निर्माण सम्पन्न भई परीक्षणको चरणमा रहेपनि विद्युत उत्पादन सुरु हुन भने अझै केही समय लाग्ने भएको छ ।

आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सबस्टेसनसम्म पुर्याउने प्रसारण लाइन तथा प्राधिकरणको सबस्टेसन निर्माणको काम बाँकी नै रहेकाले विद्युत उत्पादन सुरु हुन समय लाग्ने देखिएको हो ।

आयोजनाको विद्युतगृहदेखि बाह्रबिसे सबस्टेसनसम्म प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको प्रसारण लाइनको काम स्थानीयले मुआब्जा बढाउन माग गरेर अवरुद्ध पारेका छन् । प्रसारण लाइनको रुटमा पर्ने १३ वटा मध्ये ६ वटा टावरमा स्थानीयले तार तान्न दिएका छैनन् ।

स्थानीयसँग वार्ता तथा छलफल गरेर समस्या समाधानको प्रयास भइरहेको शिवाकोटीले बताए । विद्युत प्राधिकरणको प्रसारण लाइन तथा सबस्टेसनको निर्माण पूरा हुन पनि अझै २ महिनाभन्दा बढी समय लाग्ने देखिन्छ । प्रसारण प्रणालीको संरचना निर्माण सम्पन्न भएपछि मात्रै आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सकिने उनले बताए ।

सन् २०१४ मा निर्माण सुरु भएको आयोजना सम्पन्न हुन एक दशक लाग्दा आयोजनाको कूल लागत अनुमानितभन्दा २ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ बढेको छ । आयोजना निर्माण सम्पन्न गर्न ब्याजबाहेक

१२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रुपैयाँ अनुमान गरिएको थियो । अब यो बढेर ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ पुग्ने देखिएको छ ।


Read Previous

क्यान इन्फोटेक मेलामा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

Read Next

खानेपानीकाे सुविधा लिएपनि महसुल तिर्दैनन् परासीका उपभोक्ता

Leave a Reply

Your email address will not be published.