Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

बजेट नहुँदा महाकाली पुल निर्माण ठप्प


दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण बजेट अभावले ठप्प भएको छ । पुल निमार्णका लागि पर्याप्त बजेट नआउँदा चार महिनादेखि पुल निमार्ण बन्द भएको हो ।

निर्माण कम्पनीले गत आर्थिक वर्षकै २२ करोड रूपैयाँभन्दा बढी रकम पाउन बाँकी छ । तर चालु आवमा पुल निर्माणका लागि १८ करोड मात्रै बजेट आएको र यसले गत वर्षकै भुक्तानी गर्न नपुग्ने भएपछि पुल निमार्ण बन्द भएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका सव–इञ्जिनियर दुर्गादत्त अवस्थीले जानकारी दिए । ‘गतवर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन’, अवस्थीले भने, ‘चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन ।’

अवस्थीले बजेट थपका लागि विभाग र मन्त्रालयमा माग गरेको बताए । ‘बजेट आएन भने अहिले बनेका संरचनासमेत जीर्ण हुँदै जाने अवस्था आउँछु’, उनले भने, ‘निर्माण लम्बियो भने राज्यलाई आर्थिक भार पर्छ ।’ पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ । तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजिन नहुँदा निर्माण व्यवसायीले काम गर्नसक्ने अवस्था नरहेको जनाएको छ ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनियर किशोर पाण्डेयले काम गरेकै पैसा नै भुक्तानी नहुँदा थप काम गर्न समस्या भएको बताए । ‘पुल निर्माण सम्पन्न भएर आवागमन भइरहेको छ पुलसँगै बन्ने पहुँचमार्ग र पुलको दुवैतर्फ पोखरी निर्माण सकिएको छैन’, पाण्डेयले भने । विसं २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निमार्ण २०७७ भदौमा सम्पन्न गर्ने भनिए पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । विसं २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको कामपछि धकेलिँदै गएको छ ।


Read Previous

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

Read Next

लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

Leave a Reply

Your email address will not be published.