काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुलबारे केही पत्रपत्रिका तथा सञ्चार माध्यमले आयोगको नाम जोडी भ्रमपूर्ण अभिव्यक्ति सम्प्रेषण भएको जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गरी यस विषयप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा आयोग नियामक निकायको रुपमा ४ वर्षदेखि काम गरिरहेको तर डेडिकेटेड र ट्रंक लाइन महसुलबारेको विवाद ८ वर्ष पूरानो भएको उल्लेख गरेको छ । आफ्नो स्थापना हुनु अघिकै निर्ययउपर कुनै प्रकारको पश्चातदर्शी असर हुने गरी निर्णय गर्न कानूनी रुपले नमिल्ने समेत आयोगले जानकारी गराएको छ ।
ERC Press Release