Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा


कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई पोखरालाई जोड्ने मुख्य सडक मनिलालमार्गअन्तर्गतको लुम्रे–सिदिङ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ हुँदा स्थानीयवासी समस्यामा परेका छन् । मर्दी हिमाल पदयात्रामार्गको प्रवेशद्वारका रूपमा रहेको सिदिङ जाने सडक यही भदौ ६ गतेको पहिरोले बन्द हुँदा स्थानीयसहित पर्यटकले समेत सास्ती व्यर्होनुपरेको हो । पहिराले माछापुच्छ्रे गाउँपालिका–८ र ९ दुई वडाका नागरिक प्रभावित बनेका हुन् । यी दुई वडा यहाँका पर्यटकीय क्षेत्रसमेत हुन् ।

लुम्रे—सिदिङ सडकखण्डको घलेलस्थित केसवाङको घुम्ती र नागीमा पहिरो खसेको हो । ठूला ढुङ्गासहित माथिबाट खसेको पहिराले सडक पूर्णरूपमा बन्द भएको छ । माछापुच्छ्रे–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जेसिबी लगाएर पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिए पनि सफल नभएको बताए । सो पहिरो पन्छाउन ठूलो चेनवाला मेसिन चाहिने भएको र गाउँमा उपलब्ध नभएकाले बाटो खुलाउन समय लागेको उनी बताउँछन् ।

ठूला–ठूला ढुङ्गा खसेर सडक अहिले पूरै बन्द भएको उनको भनाई छ । “खुलाउने प्रयास गरेका थियौँ तर जेसिबीबाट पन्छाउन सम्भव भएन । पोखराबाट ठूलो मेसिन लिएर गएर सडक खुलाउनुको विकल्प छैन ।” उनले भने । सडकको पहिरोमात्र पन्छाउन गाउँपालिकाको ७५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर गाउँमा ठूलो मेसिन उपलब्ध नहुँदा बजारबाट लैजानुपर्ने बाध्यता रहेकाले लागत बढ्ने अनुमान गरिएको छ ।

“पोखराबाट ठूलो मेसिन गाडीमा राखेर ल्याउन/लैजानमात्र भाडा रु एक लाख हाराहारी लाग्छ । लागत अनुमानमा त्यो रकम समावेश छैन । त्यसैले बजेट अभावमा समेत पहिरो पन्छाउन ढिलाइ भएको हो”, वडाध्यक्ष क्षेत्रीले भने । पहिराले घलेल, कालिमाटी र सिदिङका स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेका छन् । स्थानीयवासीसहित मर्दी पदयात्रामा जाने केही पर्यटकले समेत बाटोका कारण दुःख पाएको बताइन्छ । वडाध्यक्ष क्षेत्रीले पदयात्रा पर्यटनको अहिले ‘अफसिजन’ रहेकाले पर्यटक आगमन न्यून रहेको बताए । पर्यटकलाई दुःख नहोस् भनेर सैँतीघट्ट हुँदै जाने÷आउने व्यवस्था गरिएको र सोहीअनुसार सूचना गरिएको बताइएको छ ।


Read Previous

हिलिहाङको मालबाँसे बस्ती पहिरोको जोखिममा

Read Next

ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता १५ दिनभित्र तिर्न ताकेता,नतिरे कारबाही गरिने

Leave a Reply

Your email address will not be published.