Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

हिलिहाङको मालबाँसे बस्ती पहिरोको जोखिममा


पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ५ सुभाङको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ । यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ । बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । विगतमा समेत स–सानो पहिरो झर्ने गरेको यस स्थानमा यस वर्ष अत्यधिक वर्षा र बाढीका कारण जमिनको ठूलो क्षेत्रमा धाँजा फाटेको छ । जमिनमा धाँजा फाटिएपछि स्थानीयवासीका घर तथा भौतिक संरचना, बाटो र गोरेटो लच्किएका छन् । पहिराले अलैँची र अम्रिसो बगानमा क्षति पुर्याउन थालेको छ ।

मालबाँसे टोलका ८० वर्षीय मेखबहादुर सुहाङका अनुसार विगतमा स–सानो पहिरो झर्ने गरेको भए पनि यस वर्ष सुरु भएको पहिरोले बस्तीलाई जोखिममा पारेको छ । “मेरो १५ मुरी धान फल्ने खेत र अलैँची बारी बगाएर लैजान आँट्यो”, उनले भने, “जमिन सबै लच्किएको छ । ठूलो वर्षा भए थाम्न गाह्रो छ । हामीलाई समस्या पर्ने भयो ।” बस्तीभन्दा माथि रहेको फाँटका सबै पानी डोलिएर मालबाँसे बस्ती हुँदै जान्छ । यस वर्ष अत्यधिक वर्षा भएका कारण जमिनले पानी थेग्न नसकेको पनि उनले बताए । मालबाँसेबाट बगेर जाने पानी ढुङ्गे खोल्सी वा पाहाङ्गवीरे (पाङ्ग्रे) खोल्सीबाट निकास गर्न सके पहिराको जोखिम केही कम हुने उनी बताउँछन् ।

मालबाँसेकी रनमाया खुदाङका अनुसार पहिरोबाट अहिले यहाँका नौ घर उच्च जोखिममा परेका छन् भने करिब ४० घर रहेको सिङ्गो बस्ती नै जोखिममा परेको छ । “पहिराले हाम्रो घरलाई घेरा दिइराखेको छ । पहिले साना–साना पहिरो जाने गरे पनि अहिलेजस्तो धेरै ठाउँ धाँजा फाटेर बग्न थालेको थिएन”, उनले भनिन्् । अहिलेसम्म धानखेती, अलैँची र अम्रिसो खेतीमा पहिराले क्षति पुर्याएको छ । तर ठूलो वर्षा हुँदा बस्ती नै पहिराले बगाउने जोखिम रहेको उनले बताइन् ।


Read Previous

चिमखोला–घ्यासीखर्क सडक साढे दुई महिनापछि सञ्चालन

Read Next

लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा

Leave a Reply

Your email address will not be published.