Nepal Purbadhar

अप्पर तामाकोसीको १५औं साधारणसभा भदौ ६ मा हुने


काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको १५औं वार्षिक साधारणसभा आगामी भदौ ६ गते हुने भएको छ । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको २७७औं बैठकको निर्णय बमोजिम यो मितिमा वार्षिक साधारणसभा हुने तय भएको हो ।

कम्पनीले मंगलबार सूचना सार्वजनिक गरी १५औं साधारणसभा भदौ ६ गते बिहान साढे ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने सेयरधनीहरूलाई जानकारी दिएको छ । साधारणसभामा कम्पनीकोतर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गरी पारित गर्ने कार्यसूची छ ।

यस्तै, लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा /नोक्सानको हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्ने कार्यसूची राखिएको कम्पनीले जनाएको छ । साथै, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखा परिक्षक नियुक्त गर्ने तय भएको छ ।

माथिल्लो तामाकोसी आयोजना प्रभावित क्षेत्रका विभिन्न सामाजिक तथा अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न समयमा भएको निर्णय बमोजिम आर्थिक वर्ष २०७८/७९ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्न विशेष प्रस्ताव लगिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले दाेलखामा निर्माण गरेकाे ४५६ मेगावाटकाे आयाेजना सञ्चालनमा छ । आयाेजनाले वार्षिक ९ अर्बकाे विद्युत बिक्री गर्छ ।

Facebook Comments

Read Previous

असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालनमा आउँदै , पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म २५ बस सञ्चालन गरिने

Read Next

राष्ट्रिय गौरवका आयोजनाः वर्षाैं बित्दापनि सम्पन्न हुँदैन काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar